काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ।
आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय चःमतीमा बैठक बसेको हो।
पार्टीका प्रवक्ता मनिष झाले बैठकका तीन अजेन्डा भएको बताएका छन्।
स्थानीय तहको उमेदवार छनोट रुपरेखा, महाधिवेशन कार्यविधि, संसदीय दलको विधानलगायत एजेन्डा रहेका उनले बताए।