काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
अ+
अ-

काठमाडौं। विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २६ लाख ८८ हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार विराटनगरबाट काठमाडौं जान लागेका यात्रुको चेकजाँच गर्ने क्रममा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१८ बस्ने ३५ वर्षीय दीप्तीप तामाङले बोकेको ब्यागबाट ११ लाख रुपैयाँ बरामद गरिएको छ। उनलाई वैशाख १८ गते बेलुका करिब ८ बजे बुद्ध एयरको उडानतर्फ जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी भारतको माल्दा सुजागञ्ज सिधाचलाका ३६ वर्षीय मोहिदित अलीको साथबाट १५ लाख ८८ हजार रुपैयाँ बरामद भएको छ। उनलाई सोही दिन श्री एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला साँझ करिब ५ः३५ बजे नियन्त्रणमा लिइएको एसपी कटवालले जानकारी दिए।

बरामद गरिएको कुल २६ लाख ८८ हजार रुपैयाँसहित दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।