काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
सभापति लामिछानेसँग सचिवालय सदस्य पदको शपथ लिँदै सागर ढकाल। तस्बिर : रास्वपा सचिवालय
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय सदस्यमा नियुक्त भएका छन्। काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पार्टी सभापति रवि लामिछानेले ढकाललाई पद तथा गोपनीयताको शपथ गराए।

पछिल्लो समय वैकल्पिक राजनीतिको धारमा सक्रिय ढकाललाई रास्वपाले महत्वपूर्ण जिम्मेवारी दिएको हो।

ढकालले सचिवालयमा रहेर पार्टीको दैनिक कार्यसम्पादन र रणनीतिक योजना तय गर्नेलगायत विभिन्न विभागहरूबीच समन्वयको जिम्मेवारी पाएका छन्।