काठमाडौँ। नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार राजीनामा दिएका हुन्।
विश्वकर्माले पारिवारिक र शारीरिक समस्याका कारण हालको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका छन्। “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मलाई नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदमा नियुक्त गरी जिम्मेवारी प्रदान गर्नुभएकामा तत्कालीन सभापतिज्यूप्रति आभार प्रकट गर्दछु‚” उनले राजीनामा पत्रमा लेखेका छन्‚ “तर, मेरो व्यक्तिगत स्वास्थ्य र पारिवारिक कारणले गर्दा यो जिम्मेवारीबाट अलग हुन राजीनामा पेस गरेको छु।’
उनलाई कांग्रेस केन्द्रीय कार्यसमितिले १० साउन २०८० मा संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेको थियो।
