काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२१ बैशाख २०८३
दीपकराज जोशी।
अ+
अ-

काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पदमुक्त भएका छन्।

नेपाल सरकारको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै जोशी पदमुक्त भएका हुन्।

जोशी यसअघि पनि बोर्डको सीईओका रूपमा काम गरिसकेका व्यक्ति हुन्। पहिलो कार्यकालमा राम्रो काम गरेका उनी त्यसपछि नेपाल उद्योग परिसंघ (सीएनआई) मा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए। पछिल्लो समय उनी सन् २०२४ को सेप्टेम्बरमा दोस्रो कार्यकालका लागि बोर्डको सीईओका रूपमा चार वर्षका लागि नियुक्त भएका थिए।

पर्यटन क्षेत्रका जानकार जोशी स्वदेशी र अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी राम्रो दख्खल राख्छन्। नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा दिगो पर्यटन विकासमा जोशीको योगदान महत्त्वपूर्ण छ।