काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२१ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले करार सेवाका लागि विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।  लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले सोमवार एक सूचना जारी गर्दै पूर्तिका लागि विभिन्न पदमा आवेदन आह्वान गरेको हो ।

अस्पतालले प्रकाशित सूचनाअनुसार कन्सल्टेन्ट मेडिकल विशेषज्ञ, कार्डियोलोजिस्ट, युरो सर्जन, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, जनरल सर्जन, ग्यास्ट्रोएन्टेरोलोजिस्ट, अंकोलोजिस्ट लगायतका पदमा आवेदन खुला गरिएको छ। यसका साथै फिजियोथेरापिस्ट, मेडिकल रेकर्ड अफिसर, रेडियोग्राफी टेक्नोलोजिस्ट, डायलाइसिस सुपरभाइजर, कम्प्युटर सब–इन्जिनियर र जुनियर मेडिकल वर्क असिस्टेन्ट पदमा समेत दरखास्त माग गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार अधिकांश विशेषज्ञ पदका लागि एक/एक जना दरखास्त माग गरिएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र कार्यालय समयमा अस्पतालमै उपस्थित भई आवेदन दिनुपर्नेछ। दक्ष जनशक्ति आवश्यक भएकाले करारमार्फत नियुक्ति प्रक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ।