काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ बैशाख २०८३
हितेन्द्रदेव शाक्य।
अ+
अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम मातहतका निकायका पदाधिकारीहरू स्वतः पदमुक्त भएको जानकारी गराएको छ।

मन्त्रालयले सूचनामार्फत अध्यादेशको दफा २ अनुसार तपसिलमा उल्लेखित पदाधिकारीहरू पदमुक्त भएको जनाएको हो।

सूचनाअनुसार विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालसहित सदस्यहरू मधुसूधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त अध्यादेश कार्यान्वयनमा आएसँगै सम्बन्धित निकायका ती पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन्।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि पदमुक्त भएका छन्। प्राधिकरणको सञ्चालक समितिका सदस्यहरू रतनबहादुर ऐर, बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पनि पदमुक्त भएका छन्।