काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२१ बैशाख २०८३
मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, विकास निर्माणका आयोजना र प्रशासनिक क्षेत्रका महत्त्वपूर्ण निर्णयहरू हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सबै विभागीय मन्त्रीहरू सहभागी छन्।

नियमित भनिएको यस बैठकमा सरकारका नीतिगत प्राथमिकता र जनताका तत्कालीन समस्या समाधानका विषयमा मुख्य केन्द्रित रहेर छलफल हुने बुझिएको छ। बैठक सकिएलगत्तै सरकारका प्रवक्ताले बैठकका आधिकारिक निर्णय सार्वजनिक गर्नेछन्।