हङकङ। हङकङमा गुरुङ समुदायको मौलिक घाटु नृत्य प्रदर्शन गरिएको छ।
हङकङमा रहेको गुरुङ समुदायको संस्था तमु ट्हो ह्युलको २८औँ वार्षिकोत्सव तथा वैशाख पूर्णिमाको अवसरमा घाटु नृत्य प्रदर्शन गरिएको हो। तमुहरूको पहिचान संरक्षणका लागि परदेशमा रहेका गुरुङ समुदायलाई आफ्नो संस्कृतिबारे जागरुक गराई राख्न घाटुलाई निरन्तरता दिइएको तमु ट्हो ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङले बताए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) की अन्तर्राष्ट्रिय समन्वय समिति उपाध्यक्ष टीका गुरुङ (राधिका) को प्रमुख आतिथ्यतामा आइतबार साँझ भएको कार्यक्रममा अरुणा गुरुङ, चन्द्र गुरुङ, सुरेश गुरुङ, अनु राई, एमबी थापालगायतले घाटु नृत्य संरक्षणमा उल्लेखनीय काम गरेको भन्दै शुभकामना व्यक्त गरेका थिए।
