जनकपुर। जनमत पार्टीका संसदीय दलका नेता फेरिएका छन्।
पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले संसदीय दलका नेता महेश यादवलाई पदबाट हटाउँदै चन्दनकुमार सिंहलाई संसदीय दलको नेतामा चयन गरेका छन्।
पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि दलका नेता यादवले सरकारलाई समर्थन फिर्ता गर्ने निर्णयमा हस्ताक्षर नगरेपछि सचेतक रहेका सिंहले समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका थिए।
यादवले संसदीय दलको नेताको हैसियतमा प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन यथावत् रहेको जनाउँदै पत्र बुझाएपछि राउतले उनलाई हटाएका हुन्। १२ जना प्रदेश सभा सदस्य रहेकामा नौजना प्रदेशसभा सदस्यले सिंहको पक्षमा हस्ताक्षर गरेका छन्। यादव वर्तमान सरकारको अर्थमन्त्री पनि हुन्।
यो पनि…
