काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को २२ वैशाखको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो।
संघीय संसद् भवन सिंहदरबारमा २८ वैशाखको दिउँसो २ बजे संघीय संसदको दुवै सदनको बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
