काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ बैशाख २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
अ+
अ-

काठमाडौँ। राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना आज (मंगलबार) देखि विद्यालय जान थालेका छन्।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा १४ मा रहेको जनविकास माविमा पठाउन लागिएको कामपाका शिक्षा अधिकारी नमराज ढकालले बताए।

नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा छन्। उनीहरूमध्ये अपांगता भएका एक जनासहित ६२ पुरुष, तीन सुत्केरी, दुई गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन्।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना विद्यालय उमेरका छन्। चार जनाले यस वर्ष एसईई दिएका छन्। उनीहरू कम्प्युटर, सिलाइबुनाइजस्ता सीप सिक्न चाहन्छन्। कामपाले उनीहरूले चाहेको सीपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको ढकालले जानकारी दिए।

उनका अनुसार विद्यालय उमेरका विद्यार्थीमध्ये ३० छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्रावासमा राखेर पढाउने चाहना राखेका छन्। कामपा शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्रावास बस्न इच्छुकमा ११ छात्रा र १९ छात्र छन्। सुवेदीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने पोसाक तथा शैक्षिक सामग्रीसम्बन्धी आवश्कयतासमेत माग गरिएको छ।

छात्रावासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत कामपाले अनुरोध गरिसकेको छ। कामपाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्रावासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि त्यहीअनुरूप व्यवस्थापनको प्रयास भइरहेको छ। “निजी तथा संस्थागत विद्यालयबाट खबर प्राप्त भएपछि हामी इच्छुक र योग्य बालबालिकालाई छात्रावास पठाउँछौँ‚” उनले भने।

कामपाका कार्यवाहक प्रमुख सुनीता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।


२२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।

नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधा स्वामी सत्संग आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक छन् ।
यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरको छन् । ४ जनाले यस वर्ष एसइई दिइसकेका छन् । उनीहरु कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न चाहन्छन् ।

महानगरपालिकाले उनीहरूले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताए ।
विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्रावासमा राखेर पढाउने चाहना राखे ।
अभिभावकको चाहना बुझ्न भराइएको फाराममा ५ जना छात्रा र ६ जना छात्रले छात्रावासमा बस्न अनिच्छा व्यक्त गरे । अन्य अभिभावकबाट स्पष्ट धारणा प्राप्त हुन सकेको छैन ।

शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्रावास बस्न इच्छुकहरूमा ११ जना छात्रा र १९ जना छात्र छन् । सुवेदीका अनुसार विद्यार्थीहरूलाई आवश्यक पर्ने पोसाक तथा शैक्षिक सामग्री सम्बन्धी आवश्यकता समेत माग गरिएको छ ।
छात्रावासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि हामीले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरेका छौँ ।

महानगरपालिकाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्रावासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि हामीले त्यही अनुरुप व्यवस्थापनको प्रयास गरिरहेका छौँ । निजी तथा संस्थागत विद्यालयहरूबाट खबर प्राप्त भएपछि हामी इच्छुक र योग्य बालबालिकालाई छात्रावास पठाउँछौँ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ् सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् ।

उनको आग्रहपछि बैठक बसेर हाइयर इन्स्टिच्युसन्स एण्ड सेकेण्डरी स्कूल्स एशोसिएसन (हिसान), प्राइभेट एण्ड वोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) र एशोसिएसन अफ प्रिस्कूल एजुकेटर्स नेपाल (एपेन) ले संयुक्त विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्वासीका बालबालिकाको शिक्षालाई निरन्तरता दिन, सहयोग र सहजीकरणका लागि तत्पर रहेको बताएका छन् ।