काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिइन्।

बैठकपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारले हालै ल्याएको अध्यादेशका बारेमा छलफल भएको बताइन्। उनले बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश २०८३ र सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेशको बारेमा पनि छलफल भएको बताइन्।

२८ वैशाखमा संसद् बैठक बस्दै छ।