काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ बैशाख २०८३
अ+
अ-

दिल्ली। सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ।

दिल्लीस्थित घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल तयार पारेको थियो। १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले मात्र २ विकेट गुमाएर १७.३ ओभरमै लक्ष्य भेट्टायो।

चेन्नईको जितमा नायक बनेका सामसनले ५२ बलमा अविजित ८७ रनको इनिङ खेले। उनी प्लेयर अफ द म्याच बने। चेन्नईले १५ बल बाँकी छँदै जित हात पारेपछि अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ।

दिल्लीका लागि बलरले कसिलो बलिङ गर्न नसक्दा चेन्नईका ब्याटर हाबी भएका थिए। यो हारसँगै दिल्लीको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ।

तालिकामा चेन्नईले १० खेल खेल्दा १० अंक जोडेको छ भने समान खेल खेलेको दिल्ली आठ अंकमा सीमित छ। चेन्नई तालिकाको छैटौं स्थानमा छ भने दिल्ली सातौ स्थानमा छ।