काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठक बस्दै छ।
बैठक दिउँसो ३ बजे पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकास शर्माले मंगलबार ३९ जनालाई सदस्यमा नियुक्त गरेका थिए ।