काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
थापाका अनुसार बैठकमा सरकारको पछिल्लो कामकारबाही र संसद्मा कांग्रेसको भूमिकालगायत विषयमा छलफल भइरहेको छ।