काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बुधवार बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने जनाएको छ । बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धका तथा अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।