काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ बैशाख २०८३
जगदीशप्रसाद अग्रवाल।
अ+
अ-

काठमाडौँ। सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अग्रवाललाई प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको हो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीनसमेत रहेका अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन्।

उनले राज्यबाट आर्थिक सुविधा नलिई विशेषज्ञका रूपमा मात्र सेवा पुर्‍याउनेछन्।