काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पूर्वबजेटसम्बन्धि छलफल गर्ने भएका छन्।
बुधबार अपराह्न ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अगावै पूर्वबजेट छलफलको आयोजना गरिएको रास्वपा प्रवक्ता झाले बताए।