काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
बुधबार न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको हो।
विशेष अदालतले अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी भट्टको पाँचौँपटक र अग्रवालको छैटौँपटक समान १२ दिन म्याद थप गरिएको जनाएको छ।
