काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रसम्बन्धी भारत र चीनबीच भएको व्यापारिक सहमतिप्रति नेपालले असहमति जनाएको बताएका छन्। उनले नेपाललाई औपचारिक जानकारी नदिई गरिएको यस्तो द्विपक्षीय समझदारी स्वीकार्य नहुने स्पष्ट पारे।

बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकार गम्भीरतापूर्वक लागिरहेको जानकारी दिए। उनका अनुसार सरकारले कूटनीतिक पहल अघि बढाउँदै सम्बन्धित देशहरूलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ।

उनले सीमा समस्याको समाधान उत्तेजनात्मक प्रतिक्रिया भन्दा संवाद र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिए। साथै, सरकारले आवश्यक तयारीका साथ वार्तामार्फत समाधान निकाल्ने दिशामा काम गरिरहेको पनि उल्लेख गरे।

पराजुलीले हाल पहल सुरु भइसकेकाले अनावश्यक राजनीतिक टिप्पणीभन्दा संवाद प्रक्रियालाई अघि बढ्न दिनु उपयुक्त हुने धारणा व्यक्त गरे।