काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० कायम भएको छ। बुधबार प्रतितोला सुन २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। १०० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार १५५ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।