काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

हेटौँडा। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११‚ थानाभर्‍याङस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना.५ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले बिहीबार दिउँसो पछाडिबाट ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट नुवाकोटको ताँदी गाउँपालिका ६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दीमा कार्यरत ३६ वर्षीय प्रहरी सहायक हवल्दार किरण श्रेष्ठको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा सख्त घाइते भएका स्कुटर चालक श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा उपचारकै क्रममा मृत्यु भएको हो।

ठक्कर दिने ट्रक र बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का २४ वर्षीय ट्रक चालक रञ्जित कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।