काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। बीपी राजमार्गमा फेरि सवारीसाधन ‘होल्ड’ गरिएको छ।

रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर सवारी आवागमन रोकिएको हो।

काभ्रे प्रहरीलले एक सूचना जारी गर्दै राजमार्गमा सम्भावित जोखिम कम गर्न आवागमन रोकिएको जनाएको छ।

“रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकोले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन होल्ड गरिएको छ,” प्रहरीले बिहीबार दिउँसो जारी गरेको सूचनामा उल्लेख छ।

सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइएको जानकारी गराइने प्रहरीले जनाएको छ।

वर्षासँगै रोशीमा बहाव बढेपछि तीन दिन बन्द गरिएको राजमार्ग बिहीबार बिहान मात्र खुलाइएको थियो।