मुगु । हिमाली जिल्ला मुगुको पूर्व भेगमा पने मुगूम कार्मारोङ गाउँपालिकामा पाहिने बहुमूल्य जडीबुटी यार्चागुम्बा टिप्नकोलागि लुकीछिपी चोर्न गएका २५ जना मानिसहरू पक्राउ परेका छन् ।
मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
बिहीबार जिल्लाको मुगुमा कार्मारोङ्ग गाउँपालिकास्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्ला जिल्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए ।