काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सेयरबजार

हरियाली छाएको नेप्सेमा तीन अर्बको कारोबार

२५ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। साताको पाँचौँ अर्थात् अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर बन्द भएको छ।

आजको दिनमा नेप्से २७.४९ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.०१ प्रतिशतले बढेको नेप्से २७४५.६५ विन्दुमा अडिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.२४ अंकले बढेर ४६७.३३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६९ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स १.०२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७९ प्रतिशतले बढेको छ।

सेयरबजारमा शुक्रबार ३३५ कम्पनीको ५३ हजार १४ पटकको कारोबारमा ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार तीन अर्ब २८ करोड ६७ लाख ७० हजार ५५९ रुपैयाँको कारोबार भयो।

नेप्सेमा बिहीबार भने दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँको कारोबार भएको थियो। बुधबार तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँको कारोबार भएको थियो नेप्सेमा मंगलबार तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँको कारोबार भएको थियो। यसैगरी सोमबार भने सार्वजनिक बिदाका कारण नेप्से बन्द रह्यो।

सेयर बजारमा आज २३५ कम्पनीका सेयरमूल्य बढे। २६ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा आठ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहका उपसूचक बढ्दै हरियाली छायो।

जसअनुसार शुक्रबार वाणिज्य बैंक समूहको सूचक ०.६७‚ विकास बैंक ०.९३‚ फाइनान्स १.८७‚ होटेल तथा पर्यटन १.४८‚ जलविद्युत् १.७१‚ लगानी १.१२ तथा जीवन बिमा समूहको सूचक ०.६४ प्रतिशतले बढ्यो।

यसैगरी उत्पादन तथा प्रशोधन १.४०‚ लघुवित्त १.१६‚ म्युचुअल फन्ड ०.५५‚ निर्जीवन बिमा १.५२‚ अन्य १.१४ र व्यापार समूहको उपसूचक ०.०० प्रतिशतले बढ्यो।

नेप्सेमा शुक्रबार त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे। यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.५४ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा होटेल फरेस्ट इन लिमिटेड अग्रस्थानमा रह्यो। होटेल फरेस्ट इनको शुक्रबार १३ करोड ८६ लाख ९४ हजार ६४९ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज रिडी पावर कम्पनी लिमिटेड अगाडि रह्यो। शुक्रबार यसको दुई लाख ९४ हजार ३७८ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३४६ रुपैयाँ कायम रह्यो।