काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। भच्चेक कोलाहलपूर्ण शहरी वातावरणबाट केही समय टाढा भएर शान्त र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहने आन्तरिक पर्यटकहरूको नयाँ रोजाइ बन्दै गएको छ।

काठमाडौंबाट करिब १६३ किलोमिटर दूरीमा रहेको भच्चेक समुद्री सतहबाट करिब १ हजार ७५० मिटर उचाइमा अवस्थित छ। यहाँको चिसो हावापानी, हरियाली डाँडाकाँडा र वरिपरि देखिने हिमशृंखलाले पुग्ने जो–कोहीलाई आनन्दित बनाउने गर्छ।

पक्की सडक सञ्जालले जोडिएकाले पछिल्लो समय भच्चेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको स्थानीय बताउँछन्। गोरखा सदरमुकामबाट बाह्रकिलो हुँदै साना सवारीसाधनमार्फत सहजै भच्चेक पुग्न सकिन्छ। बाह्रकिलोबाट करिब ४५ किलोमिटर दूरी पार गरेपछि भच्चेक पुगिन्छ । यस्तै, पालुङटार हुँदै कालोपत्रे सडकमार्फत पनि त्यहाँ पुग्न सकिने व्यवस्था छ।