काठमाडौँ। पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । बिहीबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइने भएको छ ।
यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न ३ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।
भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटन मन्त्री समेत बनेका थिए । तर जेन जेड आन्दोलनपछि प्रचण्ड, माधव नेपाल सहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषद्को सदस्य थिए ।