काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गरेको हो।

माजिद अन्सारीले नेपाल राज्यभर कतै पनि सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट पेश गरेका थिए।

सरकारले सुकुम्बासी बस्ती भत्काउने निर्णय गरेर देशका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो।