काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ बैशाख २०८३
फाइल तस्वीर
अ+
अ-

काठमाडौँ। संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य संविधानविपरीत रहेको दाबी गर्दै शुक्रबार रिट पेश गरेका हुन्।

बिहीबार संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।