काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।

पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.७ख ५८२० नम्बरको यात्रुवाहक बस आज (शनिबार) साँझ करिब ७ बजे अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए।

घाइतेलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ। बसमा ३१ यात्रु चढेका थिए। पन्तका अनुसार अन्य यात्रु सकुशल छन्।

दुर्घटनामा घाइते अधिकांश यात्रुको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका यात्रु घाइते भएका छन्। एकजना विदेशी पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताए।