काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दियाबाट चार, सुनसरी र झापाबाट तीन/तीन, काठमाडौँ र ललितपुरबाट दुई/दुई तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक/एक जनालाई पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ।