काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
अ+
अ-

जुम्ला। यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आव ०८२/८३ को २४ वैशाखसम्म एक करोड १६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवमा दुई करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा १० महिनामा यत्ति राजस्व संकलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए।

संकलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत एक हजार ५७५ रुपैयाँ छ।

कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन्। सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारीचालक अनुमतिपत्रसम्बन्धी मोटरसाइकल-स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ।