काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
अ+
अ-

वासिङ्टन। अमेरिकी सेनाले शुक्रबार पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीको आशंंकामा गरेको पछिल्लो डुंगा आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ।

यो सँगै लागु औसत विरुद्धको अमेरिकी अभियानमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १९२ जना पुगेको जनाइएको छ।

युएस साउदर्न कमान्ड (साउथकम) ले एक जना व्यक्ति आक्रमणबाट बाँचेको र अमेरिकी तटरक्षकलाई खोजी र उद्धार अभियान सुरु गर्न सूचित गरिएको बताएको छ।

साउथकमले समाजिक सञ्जाल एक्समा डुंगा नामित आतंकवादी सुगठनहरूद्वारा सञ्चालित रहेको र गुप्तचरले जहाज ज्ञात नार्को–तस्करी मार्गहरूमा पुनरागमन गरिरहेको पुष्टि गरेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एउटा सानो डुंगा पानीबाट अघि बढ्दै गएको देखिन्छ, त्यसपछि ठूलो विस्फोट भएको देखिन्छ।

ट्रम्प प्रशासनले सेप्टेम्बरको सुरुमा डुंगा तस्करीहरूलाई लक्षित गरी सुरु गरेको आक्रमणले ल्याटिन अमेरिकाबाट सञ्चालन हुने नार्को–आतंकवादीहरू सँग युद्ध बढेको जनाइएको छ।

यद्दपी प्रशासनले प्रहार गरेको जहाज लागुऔषध तस्करीमा संलग्न भएको निश्चित प्रमाण दिएको छैन।

कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले आक्रमणहरू गैरन्यायिक भन्दै उनीहरूले स्पष्ट रूपमा संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित गरेका छन्। शुक्रबारको आक्रमण कम्तिमा एक महिनाको अवधिको दशौँ आक्रमण भएको जनाइएको छ।

आक्रमणहरूले लागुऔषध तस्करीप्रति अमेरिकी दवावलाई चिह्नित गरेको छ, जसले ऐतिहासिक रूपमा जहाजहरू रोक्ने र सामग्री कब्जा गर्ने गरेको जनाइएको छ।

अमेरिकी सेनाले “साउदर्न स्पियर“ नाम दिएको यो अपरेसन कति लामो समयसम्म चल्ने भन्ने बारे केही बताएको छैन।