काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

जनकपुर। धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।

मिथिला नगरपालिका-९ फुटबल ग्राउन्ड नजिकै पूर्वपश्चिम राजमार्गमा काठमाडौंबाट विराटनगरका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा बसमा सवार ३३ जनामध्ये १७ जना घाइते भएको धनुषा प्रहरीले जनाएको छ।

घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।