काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा २७ जुवाडेलाई पक्राउ गरेको छ।

प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ का ७२ वर्षीय काशीराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशीरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका १७ का ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्तसहित नौ जनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका १ का ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमारसहित आठ जनालाई प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।