काठमाडौँ। आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या भएको भन्दै बादी समुदायका प्रतिनिधिहरुले ‘लालीबजार’ चलचित्रको प्रदर्शन रोक्न माग गरेका छन्।
‘लालीबजार’ को प्रदर्शन रोक्न बादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही दृश्य र संवादमा आपत्ति जनाउँदै केही समय अगाडि अदालतमा रिट दायर गरेकी थिइन्।
चलचित्रमा प्रयोग गरिएको ‘बादी’ शब्दले उक्त समुदायको मानमर्दन गरेको र समुदायको भावनामा चोट पुर्याएको भन्दै उनले दायर गरेको रिटमा उच्च अदालत पाटनले ‘लालीबजार’ तत्कालका लागि प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। तर २२ वैशाखमा पाटन उच्च अदालतले चलचित्र ‘लालीबजार’ प्रदर्शनका लागि बाटो खोलिदिएको थियो।
चलचित्र प्रदर्शनमा आइसकेपनि बादी समुदायका प्रतिनिधिपात्रहरुले ‘लालीबजार’ चलचित्रमा बादी समुदायको मानमर्दन र चरित्र हत्या भएको भन्दै विरोध कार्यक्रम जारी गरेका छन्।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
