बाँके। बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको छ।
खजुरा गाउँपालिका–६ स्थित भित्री सडक उढरापुरमा कारको ठक्करबाट स्थानीय अरहानलाई बाप्र ००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।