काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
दाङको घोराही उपमहानगरपालिका १८ मा रहेको श्री माध्यमिक विद्यालय रझेना परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी। रासस
अ+
अ-

काठमाडौँ। परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ।

गत १९ देखि २९ चैतसम्म सञ्चालन भएको परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालिएको थियो। यही २९ वैशाखभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन्। २९ वैशाखभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ।

‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ।

गत वर्ष नियमित र स्तरवृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

यो पनि…

एसइईको नतिजा कसरी हेर्ने ?