काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
अ+
अ-

काठमाडौं।  भोलाकुमार श्रेष्ठको पुस्तक ‘नेपालमा पुस्तकालय’ लोकार्पण भएको छ।

‘वी रिड’को प्रकाशनमा प्रकाशित पुस्तकलाई बिहीबार राजधानीमा केसर महलस्थित केसर पुस्तकालयमा आयोजित कार्यक्रममा लेखक श्रेष्ठसहित तुलसीप्रसाद भट्टराई, प्रा. ध्रुव घिमिरे, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका लीला न्याइच्याई, कलाकार केके कर्माचार्य, वी रिडका कार्यकारी अधिकृत सुनिती अमात्य लगायतले पुस्तकको लोकार्पण गरेका हुन्।

श्रेष्ठले आफ्नो कृति ‘नेपालमा पुस्तकालय’ मा नेपालमा पुस्तकका इतिहासका पाटालाई उजागर गरेका छन्। आठ वटा अध्यायमा विभाजन गरिएको पुस्तकमा प्राचीन समयदेखि हालसम्मको पुस्तकालय स्थापना र विकासका लागि योगदान पुर्‍याएका संस्था एवं व्यक्तित्वको बारेमा समेट्ने प्रयास गरिएको छ।

पाठकले पुस्तकबाट नेपालमा त्रिचन्द्र पुस्तकालय सिरहा, धवल पुस्तकालय पाल्पा, श्रीराम पुस्तकालय तौलिहवा लगायत १० वटा सामुदायिक पुस्तकालयहरुका बारेमा जानकारीमूलक विवरण समेत पाउने लेखकले बताएका छन्। पुस्तकमा १४ वटा स्थानीय पुस्तकालयहरुको नाम र स्थापना कालको समेत उल्लेख गरिएका छन्। साथमा त्रिभुवन केन्द्रीय पुस्तकालयको इतिहासलाई समेत संक्षेपमा समेट्ने प्रयास गरिएको छ।

पुस्तकमाथि आफ्नो धारणा राख्दै भट्टराईले नेपाली जगतमा यो सामान्य पुस्तक नरहेको बताए।

‘जेन अल्फाले समेत पुस्तकालयको इतिहास पढ्नुपर्छ’, उनले भने, ‘स-सानो कथानक, नाटकीय शैलीमा जेन अल्फाको भाषामा यसलाई प्रकाशन गर्न सकिन्छ। यो पुस्तक सानाले पनि पढ्नुपर्छ।’

लेखक श्रेष्ठको यो दोस्रो पुस्तक हो।