काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पर्सा। वीरगन्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चारवटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा शनिबार पाँच भारतीय र एक नेपालीलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा भारत बिहारका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगन्ज महानगरपालिका ३२ का जमुदिन मियाँ अन्सारी छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए।

पक्राउ परेकाको साथबाट केही रकम र दुईवटा मोबाइलसमेत बरामद गरिएको छ।