काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सुनसरी। धरानमा धारिलो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका १९ मा आज स्थानीय युवाबीच सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका १० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सख्त घाइते भएका भुजेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङहोम लगिएकामा उपचारका क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेबेले जानकारी दिए।

प्रहरीका अनुसार छुरा प्रहार गर्ने धरान उपमहानगरपालिका १९ का अर्जुन विश्वकर्मा फरार रहेकाले खोजी कार्य तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।