काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२८ बैशाख २०८३
अ+
अ-

मोरङ। मोरङको रतुवामाई नगरपलिका २‚ घररुचोकस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

पाँच सय दरको ४० बन्डल भारतीय नोट सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले गएराति बरामद गरेको हो।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिलाई शंका लागि जाँच गर्ने क्रममा पछाडि बसेका व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए।