काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२८ बैशाख २०८३
असिम शाह/ फाइल फोटो
अ+
अ-

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकहरूसँग छलफल गर्दै छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले सञ्चार क्षेत्रका नेतृत्वकर्ताहरूबाट सुझाव लिन लागेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो  ४ बजे छलफल हुनेछ।

संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयताका विषयमा सञ्चारजगत्‌को दृष्टिकोण बुझ्न यो छलफल आयोजना गरिएको हो। कार्यदलले प्राप्त सुझावलाई समेटेर सरकारलाई बुझाउने ‘बहसपत्र’ परिमार्जन गर्ने जनाएको छ।

प्रधानमन्त्री शाहको निर्देशनमा गठित कार्यदलले यसअघि पनि विभिन्न राजनीतिक दल, नागरिक समाज र संविधानविद्हरूसँग चरणबद्ध रूपमा छलफल गर्दै आएको छ। आजको सुझाव संकलनपछि कार्यदलले प्राप्त रायलाई एकीकृत गरी आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।