काठमाडौँ। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा तैनाथ सबजु गण (शान्ति सेना) को अदलीबदली भएको छ।
शान्ति सेना ६६औँ डफ्फालाई बदली गर्न विष्णुदल गण ६७औँ डफ्फाका ९१ नेपाली शान्ति सैनिकको तेस्रो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा सोमबार जारी प्रेस नोटमा जनाइएको छ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ९१ नेपाली शान्ति सैनिक यही २५ वैशाखमा स्वदेश फर्किएका थिए। उक्त मिसनमा ५५४ नेपाली शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ।