काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले भने गहिरो निद्रामा परेका छन्।
संसद् भवन सिंहदरबारमा सोमबार आयोजित बैठकमा राष्ट्रपतिले सरकारको भावी योजना र रणनीति वाचन गरिरहेका बेला अर्थमन्त्री वाग्ले सुतिरहेको दृश्य देखिएको हो।
अर्थमन्त्री वाग्ले प्रधानमन्त्री बालेन्द्र शाहसँगैको सिटमा आसिन थिए। राष्ट्रपतिले देशको आगामी कार्यदिशा र आर्थिक नीतिबारे सम्बोधन गरिरहँदा, त्यसको कार्यान्वयनको मुख्य जिम्मेवारी बोकेका अर्थमन्त्री नै कुर्सीमै निदाउन पुगेका थिए।
बजेट निर्माणको चटारो र व्यस्तताका कारण थकित भएर उनी निदाएको हुनसक्ने अड्कलबाजी गरिए पनि संसद्जस्तो गरिमामय ठाउँमा राज्यको महत्त्वपूर्ण दस्ताबेज प्रस्तुत भइरहँदा अर्थमन्त्री निदाएको देख्दा छेउका सांसद्हरूले खासखुस गरेको देखिन्थ्यो।
यो पनि…
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिए