काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२८ बैशाख २०८३
संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल।
अ+
अ-

काठमाडौं । माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बताएका हुन् ।

सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी गर्दै निजी शिक्षामा नियमन गर्दै सेवामुखी बनाउने नीति सरकारले लिएको छ ।

उच्च शिक्षालाई श्रमबजारसँग आबद्ध गराउने, सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र एआई जोडने नीति सरकारले लिएको छ ।

त्यस्तै, सरकारले शिक्षक नियुक्ति पदोन्नति र योग्यतामा आधारित बनाइने र उत्कृष्ट शिक्षक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।