सुर्खेत। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय विश्वभरका पुराना पार्टीहरु संकटमा रहेको बताएका छन्।
सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नेक्रममा सभापति थापाले पछिल्लो समय सामाजिक सञ्जालका कारण विश्वभर पुराना दलहरु संकटमा रहेको बताएका हुन्।
“सामाजिक सञ्जालको प्रभावले विश्वमै पुराना दलहरु संकटमा छन्, नेपालमा मात्र होईन,” उनले भने, “नयाँ दल र पुराना दलभित्र काम गर्ने शैली नै फरक छ, यसकारण पनि यस्तो अवस्था आएको हो।” उनले थप भने, “नयाँले अबको १०-१५ बर्षपछि के गर्ने भनेर सोचिरहेका छन्, हामी भने विगतका १५ बर्षमा के गर्नुपथ्र्यो भनेर सोचिरहेका हुन्छौं।”
सम्बोधनकै क्रममा सभापति थापाले आफ्नो नेतृत्वमा पार्टीलाई व्यापक सुधार गरेर अघि बढ्ने बताए। उनले मतदाता बदलिएपनि पार्टीका नेता र कार्यकर्ता बदलिन नहुने धारणा राखे।