काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२८ बैशाख २०८३
अ+
अ-

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार यसपटक ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

देशभर गत १९ देखि २९ चैतसम्म एसईई सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा चाँडो सार्वजनिक भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।

यस वर्ष एसईईमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले फाराम भरेका थिए। नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फाराम भरेका थिए।

जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सातजना छन्।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार विद्यार्थीहरूले उल्लिखित तरिकाबाट नतिजा हेर्न सक्नेछन्।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
– जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा मात्र)
– एम्बिसन गुरु : ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट हेर्ने तरिका
– आधिकारिक सरकारी साइट : www.see.gov.np र www.neb.gov.np
– नेपाल टेलिकम : www.see.ntc.net.np
– कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
– ईडीयू सञ्जाल : www.see.edusanjal.com
– खल्ती : https://khalti.com/app