मलेसिया। म्यानमारको उत्तरपश्चिममा रहेको नदीमा फेरी (डुंगा) डुब्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ। सो दुर्घटनमा अझैं केही बेपत्ता रहेको सरकारी अधिकारीलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ।
दुर्घटनमा १ सय ५० बढीको उद्धार गरिएको क्षेत्रीय उद्धार विभागका प्रमुख स विली फ्रान्कले जनाएका छन्। १४ जनाको शव फेला परको छ, भने अझैं ८५ जना हराइरहेका छन्।
बेपत्ता भएकाको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्। यद्यपि, उद्धार कार्य जारी छ। एक प्रत्यक्षदर्शीका अनुसार सो फेरीमा ३ सय यात्रु सवार थिए। सो फेरीको आधिकारीक क्षमता भने १ सय २० थियो।
होमालिन देखि मोनिवाका लागि हिँडेको फेरी शनिबार बिहानै दुर्घटना भएको थियो।